काठमाडौं । सरकारले विभिन्न कारणबाट रुग्ण हुन पुगेका आयोजनाको छानविन गरी समधान खोज्ने भएको छ । सहरी विकास मन्त्रालयले भवन निर्माण विभाग अन्तर्गतका रुग्ण आयोजना छानविन गरी समस्या समाधान गर्न ‘रुग्ण आयोजनाकछानविन तथा समस्या समाधान समिति’ गठन गरेको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी यस्ता आयोजनाको छानविनका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरेको छ ।
समितिले मन्त्रालय मातहत मुलुकभरी सञ्चालित आयोजनाको अवस्थाको पहिचान गर्ने र फाइल झिकाई अध्ययन गर्ने, निर्माण व्यवसायी, कर्मचारी कसको कमी कमजोरीले आयोजना रुग्ण भएको हो, पहिचान गर्ने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आवश्यकताअनुसार निर्माण व्यवसायी एवमं सम्बद्ध कर्मचारीसंग मौखिक वा लिखित बयान लिने, कमी कमजोरी गर्नेलाई कारवाहीको सिफारिस गर्ने अधिकार समितिले पाएको छ ।
यस्तै रुग्ण आयोजना सम्पन्न गर्न लिनुपर्ने पहलकदमी बारे पनि समितिले सिफारिस गर्नेछ । श्रेष्ठको अध्यक्षतामा गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने मन्त्रालयले जनाएको छ ।
छानविनका लागि छानविन समिति गठन गरेको नभई आयोजनालाई गति दिन चाहेको सहरी विकासमन्त्री प्रभु साहले बताए । “हामीले छानविनका लागि छानविन गर्न खोजेका होइनौं” उनले भने “छानविनले दोषी देखाएकालाई कारवाही गर्दछौं ।” पहिचान गरी दोषीलाई कारबाही गरेपछि आगामी दिनमा यी र यस्ता आयोजनाहरुको प्रगतिमा सुधार आउने उनको भनाई छ ।
समितिले प्रतिवेदन पेश गरेपछि रुग्ण आयोजनाका दोषीलाई काराबाही गर्न सहज हुने मन्त्रालयका प्रवक्ता डा. रमेश सिंहले जानकारी दिए । सिंहले आयोजनाहरु रुग्ण हुनुमा ठेकेदार, कर्मचारी कसको दोष हो ? पहिचान भएका दोषीलाई कारबाही गर्ने जानकारी दिए ।
पछिल्ला समयमा आयोजनाको काम निर्धारित समयमा नहुने भएपनि समयमा नसकिने, ठेकेदार र आयोजना प्रमुखको लापरवाहीले आयोजनामा ढिलाइ हुने गरेको छ । जसका कारण आयोजनाको काम समयमा सम्पन्न नहुने र लागत पनि बढ्ने गरेको छ ।
मन्त्रालयअन्र्तगतको मेलम्ची खानेपानी आयोजनको प्रगति न्युन छ । ठेकेदारले विभिन्न वाहना गरेर आयोजनाको काममा ढिलाइ
गरिरहेको छ । दैनिक ३५ मिटर सुरुङ खन्नुपर्नेमा १७ मिटर मात्र खनेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।