काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०७४÷०७५ सुरु भएपछि लक्ष्यको साढे ६ प्रतिशत राजश्व संकलन गरेको छ ।
भदौ १ गतेसम्म सरकारले ४७ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आवमा सरकरले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो ।
साउनमा ४६ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ र भदौ १ गते ७७ करोड ८७ लाख रुपैयाँ राजश्व ठुकुटीमा जम्मा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।