काठमाडौं । यूनाइटेड फाइनान्सको सञ्चालकमा दिपककुमार अग्रवाल नियुक्त भएका छन् । भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो ।
यसअघि कम्पनीको सञ्चालक पदमा सुरज शाक्य रहेका थिए । सञ्चालक समितिको सोहि दिनको बैठकले शाक्यको राजिनामालाई स्वीकृत गरेको छ ।