नेपालको गर्भमा रहेका पेट्रोलियम झिक्ने बाटो खुल्यो, चीनको अन्वेषण र ग्लोबल टेण्डर एकै पटक

<p>काठमाडौं ।  नेपालको गर्भमा रहेका पेट्रोलियम पदार्थ झिक्ने बाटो खुल्ला भएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको हो ।  मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन यहि साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएको थियो । “पेट्रोलियम नियमावलीको पाँचौं संसोधन नेपाल पत्रमा प्रकाशित भएपछि उत्खननको [&hellip;]</p>

काठमाडौं ।  नेपालको गर्भमा रहेका पेट्रोलियम पदार्थ झिक्ने बाटो खुल्ला भएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको हो ।  मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन यहि साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएको थियो ।

“पेट्रोलियम नियमावलीको पाँचौं संसोधन नेपाल पत्रमा प्रकाशित भएपछि उत्खननको बाटो खुलेको छ, यहि बीचमा चीनसँग अन्वेषणका लागि सम्झौता पनि भएको छ, हामी उत्साहित भएका छौं”, खानी विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने ।

मुलुकका १० वटा पेट्रोलियम खानीहरु अन्वेषण तथा उत्खननका लागि तयार पारिएको पनि उनले जानकारी दिए । तीमध्ये केही खानीमा चीनले थप अन्वेषण गर्नेछ भने केहिमा ग्लोबल टेण्डर आव्हान गरिनेछ ।

सन २०१६ को अप्रिल ३० मा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो ।

सो टोलीले ती खानीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका स्रोत चट्टान र पेट्रोलियम अन्वेषण आयोजनासँग भएका तथ्यांकको गहिरो अध्ययन गरेका थिए ।

हाल चीनले नेपालका पेट्रोलियम खानीको अन्वेषण गर्न भन्दै सम्झौतामा हस्ताक्षर समेत गरेको छ । चीनका उप–प्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा साउन ३१ गते दुई देशबिच पेट्रोलियम अन्वेषण गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

“पुर्व सम्भाव्यता अध्ययनका क्रममा नेपालमा पेट्रोलियम पदार्थ रहेको छ भन्ने देखेपछि उनीहरुले थप अन्वेषणका लागि सम्झौता गरेका हुन, यसले नेपालमा पेट्रोलियम पदार्थको उत्खननका लागि सहयोग गर्छ” प्रमुख रजौरेले भने ।

के पाउँछ नेपालले ?

पेट्रोलियम खानीहरुको उत्खनन गर्दा नेपालले कुल आम्दानीको १२.५ प्रतिशत रोयल्टी पाउनेछ । त्यसबाहेक अधिकतम आम्दानीको हिस्सा दिने कम्पनीलाई उत्खननको जिम्मा दिइनेछ ।

‘नियमावलीमा १२.५ प्रतिशत रोयल्टीको व्यवस्था छ, सबै भन्दा धेरै प्रतिफल दिने आवेदक कम्पनीलाई ठेक्का दिन्छौं’, रजौरेले भने । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन ।

यी हुन पेट्रोल ब्लक 

नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।
गत बर्ष चीनको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो ।

 

Share News