श्रीलंकाका प्रधानन्यायधिसद्घारा चन्द्रागिरिकोे भ्रमण

<p>काठमाडौं । श्रीलंका सर्वोच्व अदालतको प्रधान्यायधिश प्रियासाथ डेपले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरे । अनौपचारिक भ्रमणका लागि नेपाल आएका प्रियासाथलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । डेपले [&hellip;]</p>

काठमाडौं । श्रीलंका सर्वोच्व अदालतको प्रधान्यायधिश प्रियासाथ डेपले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरे ।

अनौपचारिक भ्रमणका लागि नेपाल आएका प्रियासाथलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

डेपले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदैँ आफुलाई स्वच्छ र सुन्दर ठाँउमा आउन पाउँदा धेरै खुशी भएको तथा श्रीलंकामा पनि यस्तै किसिमको पर्यटकिय स्थलको सम्भावना रहेको बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा उक्त कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको बताएको छ ।

 

Share News