काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले
शनिबार लायन्स क्लब इन्टरनेसनल तथा स्थानिय सामाजिक संस्थाहरुसंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा ७० जनादाताहरुले रक्तदान गरेका थिए । विकास बैंकले यस कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बैंकले जनाएको छ ।
कार्यक्रममा बैैकका कर्मचारी बर्ग, क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु एवं स्थानिय ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।