मिर्मिरे माइक्रो फाइनान्सले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं । मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निश्कासनका लागि बैंकले भदौ २६ गते विशेष साधारणसभा बोलाएको छ । हकप्रदपछि चुक्तापुँजी ९ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यस्तै बैंकले लघुवित्तीय सेवा [&hellip;]</p>

काठमाडौं । मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले चुक्तापुँजी बढाउन १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निश्कासनका लागि बैंकले भदौ २६ गते विशेष साधारणसभा बोलाएको छ । हकप्रदपछि चुक्तापुँजी ९ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

यस्तै बैंकले लघुवित्तीय सेवा थप १० जिल्लामा विस्तार गर्ने भएको छ । यस्तै अधिकृत पुँजी बढाएर २० करोड रुपैयाँ पुर्याइने कम्पनीले जनाएको छ ।

 

Share News