बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, ७२ करोड माथिको सेयर कारोबार

<p>काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । मंगलबार नेप्से २ दशमलब ४८ अंकले उकालो लागेर १६१४ अंकमा पुगेको छ । सामान्य अंकले उकालो लागेको बजारमा ७२ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २० करोड रुपैयाँ बढी हो । सोमबारको [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । मंगलबार नेप्से २ दशमलब ४८ अंकले उकालो लागेर १६१४ अंकमा पुगेको छ ।

सामान्य अंकले उकालो लागेको बजारमा ७२ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २० करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा जम्मा ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार उत्पादन र फाइनान्स समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ११ अंकले उकालो लागेको छ ।

सो दिन सबैभन्दा बढी हिमालयन पावर पार्टनरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४ करोड ७९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबारका साथै यस कम्पनीको सेयर मूल्यमा पनि ७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको ४ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

Share News