काठमाडौं । एनएमबि बैंकले हिन्दु महिलाहरुको बिषेश पर्व तिजको अवसरमा लकर सुबिधा लिदाँमा ५० प्रतिशतको बिशेष छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुसँगको सम्बन्ध झनै प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता प्रदान होस् भन्ने उद्देश्यले उक्त सेवा प्रदान गरेको हो ।

यस सगैँ बैंकले देशभरका बिभिन्न शाखाहरुमा शुभकामना आदान-प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ । बैंकले नाफालाई मात्र केन्द्र नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।