काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बिजुली महशुल नबुझाउनलाई कार्वाही गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
लामो समयदेखि बिद्युत बक्यौता उठाउँन बाँकी रहँदा प्राधिकरणलाई ठुलो आर्थिक भार परेको भन्दै मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।
ऊर्जाले मंगलबार प्राधिकरणलाई पत्रचार गरी यस्तो निर्देशन दिएको हो । मन्त्रालयले पत्रमार्फत निश्चित समयसीमा तोकेर सुचना जारी गर्न र तोकिएको समय सीमा भित्र बक्यौता रकम नबुझाउने र बुझाउन आनाकानी गर्नेलाई आबश्यक कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो ।
प्राधिकरणले अझै पनि अर्बो रुपैयाँ महशुल वक्यौता उठाउन बाँकी छ । यता प्राधिकरणले मिटर रिडिङ गरेको ७ दिनभित्र महशुल बुझाए २ प्रतिशत, ८ देखि २२ सम्म बुझाए छुट नपाउने र २३ गतेपछि नबुझाए हर्जना लगाउने प्राधिकरणले बताएको छ ।