काठमाडौं । नेपाली महिलाहरुको चाड हरितालिका तीजमा हुने ट्राफिक जामको समस्या समाधान गर्न ट्राफिक प्रहरीले व्यवस्थापन योजना बनाएको छ ।
ट्राफिक प्रहरीले बिहिबारका लागि तिनकुनेबाट गौशाला हुँदै चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई बानेश्वर हुँदै माइतीघर तर्फ लैजाने भएको छ ।
त्यस्तै, गोपीकृष्णबाट चावहिल हुँदै चक्रपथ आउने सवारी साधनलाई पनि सुकेधाराबाटै फकाईनेछ ।