विश्वास बहुउदेश्यीय सहकारी १९ औं वर्षमा, पूँजी १९ करोड ३४ लाख पुग्यो

<p>काठमाडौं । विश्वास बहुउदेश्यीय सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ । राजधानीमा संस्थाले आफ्नो स्थापना दिवस मनाउँदै १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । हालसम्म संस्थाले १९ करोड ३४ लाख सेयर पूँजी संकलन गर्न सफल भएको संस्थाका अध्यक्ष रमेश गौतमले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं एमाले नेता [&hellip;]</p>

काठमाडौं । विश्वास बहुउदेश्यीय सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ । राजधानीमा संस्थाले आफ्नो स्थापना दिवस मनाउँदै १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

हालसम्म संस्थाले १९ करोड ३४ लाख सेयर पूँजी संकलन गर्न सफल भएको संस्थाका अध्यक्ष रमेश गौतमले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नको लागि सहकारी नीति बनाउँदा विज्ञहरुलाई समेट्नु पर्ने कुरामा जोड दिए । मन्त्री पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटीएकोले रहेक निकायको नीति फितलो भएको कुरा औल्याए ।

मन्त्री पाण्डेले सहकारीले जनताको पैंसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्न पनि आग्रह गर्दै सबै निकायको जिम्मेवार सरकार भएकाले सहकारीको समस्यालाई सरकारले नै छलफल गरि निराकरण गर्नुपर्ने बताए । मन्त्री पाण्डेले सरकारले खर्च गरे मात्र जनताको धन बचत र लागानी हुने बताए ।

मन्त्री पाण्डेले सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै सहकारीको समस्यामा आफु र सरकार पनि जिम्मेवार पूर्वक लाग्ने बताए ।

Share News