ललितपुर फाइनान्सले निक्षेप फिर्ता लिन बोलायो

<p>काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले निक्षेपकर्तालाई रकम लिन बोलाएको छ । फाइनान्सले बुधबार सुचना प्रकाशित गरी निक्षेप लिन चाहनेले प्राप्त गर्न सकिने जनाएको छ । वित्तीय सुशासन पालना नगरेर वित्तीय अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले ०७१ पुसमा ललितपुरलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालन तथा कर्जा लगानीमा प्रतिवन्ध लगाएको थियो । फाइनान्स अब सुधारको क्रममा [&hellip;]</p>

काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले निक्षेपकर्तालाई रकम लिन बोलाएको छ । फाइनान्सले बुधबार सुचना प्रकाशित गरी निक्षेप लिन चाहनेले प्राप्त गर्न सकिने जनाएको छ ।

वित्तीय सुशासन पालना नगरेर वित्तीय अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले ०७१ पुसमा ललितपुरलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालन तथा कर्जा लगानीमा प्रतिवन्ध लगाएको थियो ।

फाइनान्स अब सुधारको क्रममा रहेको छ । ललितपुर लगायत वित्तीय अनुसाशन पालना नगरेका ९ वित्तीय संस्था समस्याग्रस्त रहेका छन् ।

 

Share News