प्रधानमन्त्री देउवालाई गार्ड अफ अनर, देउवाले भने,‘सम्बन्ध ऐतिहासिक’

<p>नयाँ दिल्ली । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । स्वागतपछि मोदीले देउवासमक्ष मिडियालाई संबोधन गर्न आग्रह गरेका थिए । मिडियासँग कुराकानी गर्दै खुल्ला [&hellip;]</p>

नयाँ दिल्ली । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

स्वागतपछि मोदीले देउवासमक्ष मिडियालाई संबोधन गर्न आग्रह गरेका थिए । मिडियासँग कुराकानी गर्दै खुल्ला सिमाना रहेको नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै यो भ्रमणले यो सम्बन्ध अझै प्रगाढ बन्ने बताए । लगतै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधी स्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेका छन ।

Share News