काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चुक्तापुँजी बढाउन झण्डै ३ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको छ ।
बैंकले शुक्रबार हकप्रद निश्कासन सम्बन्धि सूचना प्रकाशित गरी भदौ २७ देखि असोज ३० गतेसम्मका लागि बिक्री खुला गरेको जानकारी दिएको छ । बैंकले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद बिक्री गर्ने भएको छ ।
बैंकले १० बराबर ६ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब ५६ करोड ८ लाख रुपैयाँ पुग्ने छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।