एनआईसी एसियाको २० प्रतिशत बोनस सेयर राष्ट्र बैंकद्धारा स्वीकृत, भदौ १६ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । एनआईसी एसिया बैंकको २० प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शुक्रबार एनआईसीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगदा लाभांश स्वीकृत गरेको हो । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । एनआईसीको वार्षिक साधारणसभा भदौ ३० गते हुने [&hellip;]</p>

काठमाडौं । एनआईसी एसिया बैंकको २० प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शुक्रबार एनआईसीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगदा लाभांश स्वीकृत गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । एनआईसीको वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ ।

उक्त साधारणसभा प्रयोजनको लागि भदौ १६ गतेदेखि ३० गतेसम्म बैंकको बुक क्लोज हुन लागेको छ ।

Share News