काठमाडौं । नेपालमै पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । सडक दुर्घटना जस्तो विकाराल समस्या न्युनीकरण गर्नुका साथै सडक सुरक्षाका आधारभुत उपाय अवलम्बन गर्ने उद्देश्यले उक्त फेस्भिल हुन लागेको हो ।
सडक दुर्घटना संसारकै एक प्रमुख समस्या हो । नेपालमा समेत सडक दुर्घटना अकाल मृत्युको पहिलो कारण हो । विश्वमा वार्षिक १४ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने नेपालमा मासिक २ सयको हाराहारिमा ज्यान गुमाउँछन् । नेपाल बाहिर भएका अकाल मृत्युको प्रमुख कारण पनि सडक दुर्घटना नै बनेको छ ।
सडक दुर्घटनाका कारण हाम्रो समाज क्षत(विक्षत बन्दै गएको छ । सामान्य लापरवाहीका कारण आज हाम्रा गाउँ नै सखाप भइरहेका छन् । नेपालमा दिगो सडक र सवारीको संरचना, आवश्यक ऐन कानुन निर्माण, सडक र यातायात क्षेत्रको भ्रष्टचारको अन्त्य, ट्राफिक नियमको पालना अनि सडक र सवारी सम्बन्धी सम्पुर्णको सामुहिक र सिर्जनसिल अभियान हुँदै आएको छ ।