काठमाडौं ।
सरकारले लक्षित वर्गमा गोबरग्यास प्लाण्ट जडानका लागि निवेदन आब्हान गरेको छ ।
बैंकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दलित लोपन्नोमुख, आदिवासी जनजातिलगायत लक्षित वर्गका लागि गोबर ग्यास प्लाण्ट जडान गर्न निवेदन मागेको हो । केन्द्रले स्वच्छ ऊर्जा कार्यक्रम अन्र्तगत घरायसी गोबर ग्यास प्लाण्ट जडान कार्यक्रम ल्याएको हो ।
गाई र भैसी पालेका घरमा गोबरबाट खानपकाउन र अन्य प्रयोजनका लागि ऊर्जा योजना ल्याएको हो । असोज ९ गतेसम्म निवेदन दिन केन्द्रले भनेको छ ।