माइक्रोम्याक्सले ल्यायो चार नयाँ मोबाइल नेपाली बजारमा, १९०० देखि ५७०० रुपैयाँसम्ममा उपलब्ध

<p>काठमाडौं । माइक्रोम्याक्सले नयाँ उत्पादन एक्स ७३०, एक्स ७४०, क्यु ३००१ र क्यु३३०१ नेपाली बजारमा ल्याएको छ ।  यसमध्ये एक्स ७३० र एक्स ७४० फीचर फोनको रुपमाआएका छन भने क्यु ३००१ र क्यु३३०१ दुबै बोल्ट सिरिजको स्मार्टफोनकारुपमा सार्वजनिकगरिएको हो । स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो।  एक्स ७३० मोडलमा २.४इन्चको स्क्रीन, डिजिटल क्यामरा, [&hellip;]</p>

काठमाडौं । माइक्रोम्याक्सले नयाँ उत्पादन एक्स ७३०, एक्स ७४०, क्यु ३००१ र क्यु३३०१ नेपाली बजारमा ल्याएको छ ।  यसमध्ये एक्स ७३० र एक्स ७४० फीचर फोनको रुपमाआएका छन भने क्यु ३००१ र क्यु३३०१ दुबै बोल्ट सिरिजको स्मार्टफोनकारुपमा सार्वजनिकगरिएको हो ।

स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो।  एक्स ७३० मोडलमा २.४इन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्मबिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १३०० एमएएचको ब्याट्री र अतिरिक्त फीचरको रुपमावायरलेस एफएम रेडियो, भ्वाइस कल रेकर्डिङ, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको अधिकतममूल्य १ हजार ८ सय ९२ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

एक्स ७४०मोडलमा २.४ इन्चको स्क्रीनअगाडि र पछाडि भिजीएक्यामरा, बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १८०० एमएएचको ब्याट्री र अतिरिक्त फीचरको रुपमावायरलेस एफएम रेडियो, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको अधिकतममूल्य २ हजार ३५ रुपैयाँ रहेको छ ।

क्यु ३००१मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा र सेल्फीकालागि २ मेगापिक्सेलको क्यामरा रहेको छ ।यसमा ४.० इन्चको एफडब्लूभीजीए डिस्प्ले रहेको छ । यो फोन ३जी सपोर्ट गर्दछ भने १,४०० एमएएचको ब्याट्रीका साथमा उपलब्ध छ ।यसको अधिकतममूल्य ५ हजार ६० रुपैयाँ तोकिएको छ ।

क्यु ३३०१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ, जसले गर्दा यो फोन तिब्र संचालन हुन्छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ ।  यसमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामरा रहेको छ ।

यो फोन थ्रीजी सपोर्ट गर्दछ भने १,६५० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ । यो फोनको आर्कषकता कायम गर्नका साथै फोनको अधिक सुरक्षाकालागि निशुल्क पारदर्शि ब्याक कभर  छ । यसको अधिकतममूल्य पाँच हजार ७ सय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।  ।

Share News