एनएमबि माइक्रोफाइनान्सको लघुवित्त अभिमुखीकरण तालिमको उद्घाटन

<p>काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको लघुवित्त अभिमुखीकरण तालिमको उद्घाटन गरेको छ । माइक्रोफाइनान्सले नयाँ फिल्ड कर्मचारीहरुको काम गर्नको लागि सरल र सहज बनाउन एवम् लघुवित्तको वारेमा आवश्यक ज्ञान दिलाउने उद्धेश्यले यस कार्यक्रमको आयोेजना गरेको हो । यस तालिमको उद्घाटन पोखराको पृथ्वीचोक स्थित होटल स्टार रबिमा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतवार गरेका [&hellip;]</p>

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको लघुवित्त अभिमुखीकरण तालिमको उद्घाटन गरेको छ । माइक्रोफाइनान्सले नयाँ फिल्ड कर्मचारीहरुको काम गर्नको लागि सरल र सहज बनाउन एवम् लघुवित्तको वारेमा आवश्यक ज्ञान दिलाउने उद्धेश्यले यस कार्यक्रमको आयोेजना गरेको हो ।

यस तालिमको उद्घाटन पोखराको पृथ्वीचोक स्थित होटल स्टार रबिमा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतवार गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुखका र्यकारी अधिकृत कोनाजोले लघुवित्तको परिचयको क्रममा यसको शुरुवातको इतिहासका साथै नेपालमा लघुवित्तको शुरुवात कोवारेमा चर्चा गरेका छन् । लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा आवश्यक ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको उनले बताए ।

लघुवित्त कार्यक्रमले नेपालको हिमाल पहाड र तराईका कुनाकन्दरामा पुगी गरीव तथा विपन्न वर्गमा वित्तीय पहुँच पुर्याउन अहोरात्र लागि परिरहेको कुरा ब्यक्त गरेका छन् । विपन्न वर्गका समुदायहरु मेहनती, इमान्दार र विश्वासिलो हुने भएकोले लघुवित्त कार्यक्रम शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा वढी प्रभावकारी देखिएको कुरा बताए । हाल लघुवित्तको क्षेत्रमा अत्यन्त प्रतिस्पर्धा भईरहेकोे तर्फ औल्याउदै अन्यवित्तीय संस्थाको सेवा नपुगेको ठाउँमा गई कार्यक्रम विस्तार गर्ने तर्फ जोड दिन आग्रह गरेका छन् ।

२ दिन सम्म संचालन हुने सो तालिममा वित्तीय संस्थाको परिचय, नेपालमा लघुवित्तको वर्तमानअवस्था, लघुवित्तको फिल्डमा कामगर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरुको विषयमा छलफल हुने छ । साथै, ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने फाइनान्सले जानकारी गराएको छ ।

Share News