काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको वीरगञ्जमा सञ्चालन गरेको छ । फाईनान्सका सञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड-काठमाडौं, बुटवल, धनगढी, इटहरीे, बिराटनगर, नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु रहेका छन् ।
हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । फाईनान्सले हालसम्म निक्षेप ४ अर्ब ४६ करोड रुपैयाँ तथा कर्जा तर्फ ३ अर्ब ८९ करोड रुपैयाँ परिचालन गरेको छ । यसका साथै फाईनान्सले विप्रेशण, एटीएमसेवा लगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।