काठमाडौं । देवः विकास बैंकले १८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आवमा गरेको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक र आउदो वार्षिक साधारणसभाले स्वीकृति गरेपछि मात्र लाभांश वितरण गर्ने बैंकले जनाएको छ । चुक्तापुँजी बढाउन बैंकले सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । आउदो साधारणसभासम्म बैंकले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।