ङादी ग्रुप पावरले १० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव पारित गरेको हो । नियामक निकाय र वार्षिक साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण हुने छ । कम्पनीले ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजना सञ्चालन [&hellip;]</p>

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव पारित गरेको हो ।

नियामक निकाय र वार्षिक साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण हुने छ । कम्पनीले ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले चुक्तापुँजी बढाउने भएको छ । बोसन सेयर बितरणपछि कम्पनी ३० प्रतिशत चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्न लागेको हो । बोनस सेयर बितरणपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ५४ लाख रुपैयाँ पुग्ने छ । यसपछि हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

 

Share News