सानिमा बैंक र पाटन हस्पिटल बिच सम्झौता, उपचारका लागि आर्थिक सहयोग गर्ने

<p>काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक डा. बिष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार (रु [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक डा. बिष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार (रु २०,००००)सम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्घ गराउनेछ ।

बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटल संग यो सम्झौता गरेको हो ।

Share News