युनिलिभरको नाफा घट्यो

<p>काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको गत अर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा घटेको छ ।  गत आवमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनमा युनिलिभरको नाफा १६ करोड रुपैयाँ घटेको हो । [&hellip;]</p>

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको गत अर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा घटेको छ ।  गत आवमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनमा युनिलिभरको नाफा १६ करोड रुपैयाँ घटेको हो ।

कम्पनीले मंगलबार गत आवको वित्तीय विवरण सार्वजनिक गरी नाफामा कमी आएको जानकारी गराएको छ । गत आवमा बिक्रीबाट हुने आम्दानी झण्डै ६० करोड रुपैयाँ बढेको छ ।

गत आवमा युनिलिभरले ५ अर्ब १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवमा उसको आम्दानी ४ अर्ब ४० करोड ५३ लाख रुपैयाँ थियो ।

नाफा कम भएपछि युनिलिभरको प्रतिसेयर आम्दानी घटेर ३३१ रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४८२ रुपैयाँ थियो ।  गत वर्ष युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ३० हजार १७० रुपैयाँसम्म पुगेको थियो ।

Share News