काठमाडौं । विभिन्न सञ्चार माध्यमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग जोडेर संम्प्रेषण भएको समाचारमा कुनै सत्यता नरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
अहिलेको ऊर्जा संकट समाधान गरी ऊज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम ऊर्जामन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको अवस्थामा सम्प्रेषित यस्ता समाचारले नकारात्मक सन्देश प्रवाह गर्र्नेे उनको भनाई छ ।
मन्त्री, सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको व्यहोरा समेत उनले जानकारी गराएका छन् ।