युनिलिभरले प्रतिसेयर १२७० रुपैयाँ नगद लाभांश दिने

<p>काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले प्रतिसेयर १ हजार २७० सय रुपैयाँ नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा गरेको नाफाबाट १ हजार १ सय र कम्पनी सञ्चालनको रजत वर्षको अवसर पारेर विशेष १७० रुपैयाँ थप नगद लाभांश दिने निर्णय गरेको युनिलिभरले जनाएको छ । प्रस्तावित लाभांश पारित गर्न युनिलिभरले [&hellip;]</p>

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले प्रतिसेयर १ हजार २७० सय रुपैयाँ नगद लाभांश दिने भएको छ ।

गत आर्थिक वर्ष ०७३/०७४ मा गरेको नाफाबाट १ हजार १ सय र कम्पनी सञ्चालनको रजत वर्षको अवसर पारेर विशेष १७० रुपैयाँ थप नगद लाभांश दिने निर्णय गरेको युनिलिभरले जनाएको छ ।

प्रस्तावित लाभांश पारित गर्न युनिलिभरले २४ औ वार्षिक साधारणसभा असोज २० गते बोलाएको छ ।

गत आवमा युनिलिभरले ९६ करोड ५२ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो ।

गत आवमा बिक्रीबाट हुने आम्दानी झण्डै ६० करोड रुपैयाँ बढेको छ । गत आवमा युनिलिभरले ५ अर्ब १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवमा उसको आम्दानी ४ अर्ब ४० करोड ५३ लाख रुपैयाँ थियो ।

 

Share News