काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाले काम नगरे जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खरोज गर्ने बताएका छन् ।
सरकारले आयोजनालाई जग्गा उपलब्ध भएको स्पष्ट पार्दे उनले भने “३५ दिनभित्र काम सुरु नगरे जीएमआरसंग भएको सम्झौता रद्ध हुने छ ।” सरकारले जीएमआरलाई दिएको समयसीमा आउदो दुई सातामा सकिने छ ।
उनले नेपालका खोला झोला बोकेर हिड्नेले विद्युतको नाममा धेरै कमाएको उल्लेख गर्दै ३५ दिनभित्र जिम्मा लिएका आयोजनाको यथाशिघ सुचारु नगरे सिधै सम्झौता रद्ध गर्ने चेतावनी दिए ।
रिपोटर्स क्लवले बुधबार आयोजना गरेको सात्क्षत्कारमा मन्त्री शाहीले भने, “जिम्मेवार कम्पनीलाई प्रत्येक महिनाको कार्यप्रगतिका बारेमा सरकारलाई जानकारी गराउन निर्देशन दिएको छु ।” मन्त्री शाहीले विद्युत प्राधिकरणका केही कर्मचारीले आफ्नो हैसियत चिन्न नसेको कारण जनतालाई सबै किसिमका सुविधा दिन नसकेको भन्दै समाजलाई सभ्यता सिकाउनको लागि सरकारी कर्मचारी सबै भन्दा पहिले कर्तव्यवान र अनुशासित हुनुपर्ने बताए ।
नयाँ विद्युत उत्पादनका काम देशैभर अघि बढेका र केही आयोजनाको काम सुरु भैसकेको बताउदै मन्त्री शाहीले यही ढंगबाट विद्युत उत्पादनको काम बढेर समयमै परियोजना सम्पन्न भएमा १ वर्षभित्र भारतबाट आयात गरिने विद्युत पूर्ण रुपमा कटौती हुने दावी गरे ।
२२ प्रतिशत चुहावटलाई शुन्यमा झार्न प्रभावकारी काम नभएसम्म भारतबाट आयात गरिने बिजुलीलाई प्रतिस्थापन गर्न नसकिने उनले स्पष्ट पारे । मन्त्री शाहीले नेपाल दक्षिण एसियामै सबैभन्दा बढी विद्युत चुहावट हुने मुलुकको सूचिमा रहेको र यसका लागि अहिलेसम्म भएका सरकारी प्रयास पूर्ण प्रभावकारी हुन नसकेकोले आफूले निजी क्षेत्रसँगको सहकार्यमा विद्युत चुहावट अन्त्य गर्ने योजनासहित काम गरिरहेको सुनाए ।
विद्युत प्राधिकरणको नाममा कमाउन पल्लेकेका माफियाहरुले सामग्री खरिदको नाममा अर्बौ रुपैयाँ राज्यको सम्पतिको दुरुपयोग गरेको आरोप लगाउँदै उनले विद्युत सामग्रीहरुको गुणस्तर र क्षमताको बारेमा आधिकारिक जानकारी दिनको लागि विज्ञ टोलि गठन गर्ने बताए ।
विद्युत प्राधिकरण निरन्तर घाटामा गएको भन्दै प्राधिकरणलाई नाफामा लैजान मन्त्रालयले हर कोसिस गरिरहेको बताए । मन्त्री शाहीले भने,“विद्युत प्राधिकरणलाई साच्चै जनताको बनाउँनको लागि हामी लागेका छौ,साना साना कामहरुले पनि सेवा अवरुद्ध बन्ने हुन्छन् ।”