अख्तियारद्धारा चावहिल मालपोतका १२ कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने मालपोत कार्यलयका १२ जना कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मालपोतका १२ जना कर्मचारीले १८ लाख ८२ हजार रुपैयाँ लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने कार्यमा सहयोगी भूमिका निर्बाह गरेको जिकिर गर्दे बुधबार अख्तियारले मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तिर्खाराम अर्याल [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने मालपोत कार्यलयका १२ जना कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

मालपोतका १२ जना कर्मचारीले १८ लाख ८२ हजार रुपैयाँ लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने कार्यमा सहयोगी भूमिका निर्बाह गरेको जिकिर गर्दे बुधबार अख्तियारले मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तिर्खाराम अर्याल कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल, नायब सुब्बात्रय सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी विरुद्ध आरोपपत्र दायर भएको हो ।

यस्तै सहायक कम्प्युटर अपरेटर लक्ष्मणप्रसदा खतिवडा र खरिदार दिव्यराज घिमिरेको आपसी मिलेमतोमा अधिकार, हैसियत र अहोदाको दुरुपयोग गरेको ठहर अख्तियारको छ ।

कर्मचारी र अन्य व्यक्ति समेतको मिलेमतोमा काठमाडौ जिल्ला साविक गोठाटार, बालुवा, मुलपानी, विष्णु गा.वि.स लगायतका स्थानमा अवस्थित बिभिन्न जग्गाहरुको गैरकानूनी श्रेस्ता तयार गरी बिक्रिबितरण गरेको पाइएको अख्तियारले जनाएको छ ।

साविक गोठाटार, वालुवा, तथा मुलपानी लगायतका स्थानमा अवस्थित जग्गाको गैरकानूनी रुपमा श्रेस्ता खडा, कार्यालयमा रहेको दर्ता बाँकी श्रस्ता केरमेट, प्रमाणित, कार्यालयबाट बैधानिक रुपमा निर्णय नै नभएका जग्गाको विवरण ठिक छ भनि रुजु र स्वीकृत गरेको अख्तियारको दावी छ ।

यस्तै कानून बमोजिम हाल दर्ता नै नखुलेका र नभएका जग्गाहरुको अनलाईन सिस्टममा प्रबृष्टी समेत गरी बदनियतपूर्वक दर्ता नभएको फर्जी श्रेस्ता खडा गरी वैधानिकता प्रदान गर्ने गराउने र विक्रिरबितरण गर्ने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टी हुन आएकाले विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले स्पष्टपारेको छ ।

 

Share News