बिजुलीको भाउ बढ्दैन : ऊर्जामन्त्री

<p>काठमाडौं । सरकारले तत्काल औद्योगिक क्षेत्रमा विद्युतको महशुल नबढाउने भएको छ ।  ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका केन्द्रिय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने स्पष्टपारे ।  बिद्युत महशुल बृद्धि गर्ने निर्णय आफुले रोकेको जानकारी दिदै तत्काल यस विषयमा निर्णय नहुने उनले [&hellip;]</p>

काठमाडौं । सरकारले तत्काल औद्योगिक क्षेत्रमा विद्युतको महशुल नबढाउने भएको छ ।  ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघका केन्द्रिय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने स्पष्टपारे ।  बिद्युत महशुल बृद्धि गर्ने निर्णय आफुले रोकेको जानकारी दिदै तत्काल यस विषयमा निर्णय नहुने उनले स्पष्टपारे ।

यसअघि विद्युत प्राधिकरणले महशुल बढाउनका लागि विद्युत महशुल निर्धारण आयोगमा निवेदन दिएको थियो । राष्ट्रिय विद्युत नियमन आयोग ऐन व्यवस्थापिका संसदबाट पारित भएकाले निर्धारण आयोग खारेज भएको छ ।  उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत उत्पादनमा तिब्रता दिनुपर्ने मन्त्री शाहीको भनाई थियो ।

उद्योग परिसंघका पदाधिकारीहरुले औद्योगिक क्षेत्रमा विद्युतको महशुल बढाईए उद्योग धन्दा धरासायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । उद्योगहरुमा ६६ प्रतिशतसम्म बिद्युत महशुल बृद्धि गर्ने प्रस्ताव गरिएको छ ।

महशुल बृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाई छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।

Share News