चाइना थ्री गर्जेजले पश्चिम सेतीको सम्झौता अनुमोदन गर्यो

<p>काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले प्रस्तावित पश्चिमसेती जलासययुक्त आयोजना बनाउने विषयमा गरेको संयक्त लगानी सम्झौता (जेभीए) अनुमोदन गरेको छ । नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता हालै थ्री गर्जेजको सञ्चालक समितिले अनुमोदन गरेको हो । प्राधिकरणले जेभीए भएको केही दिनमा अनुमोदन गरेको थियो । दुबैतर्फबाट जेभीए अनुमोदन भएकाले अब आयोजनाको काम अघि बढाउन बाटो [&hellip;]</p>

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले प्रस्तावित पश्चिमसेती जलासययुक्त आयोजना बनाउने विषयमा गरेको संयक्त लगानी सम्झौता (जेभीए) अनुमोदन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता हालै थ्री गर्जेजको सञ्चालक समितिले अनुमोदन गरेको हो । प्राधिकरणले जेभीए भएको केही दिनमा अनुमोदन गरेको थियो । दुबैतर्फबाट जेभीए अनुमोदन भएकाले अब आयोजनाको काम अघि बढाउन बाटो खुला भएको छ ।

०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) मा ६५ प्रतिशत थ्री गर्जेजको २५ प्रतिशत विद्युत् प्राधिकरण र १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दाको हुने गरी लगानी संरचना तयार गरिएको छ ।

आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।

आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ ।

 

Share News