चाडपर्वको अवसरमा प्रभुले ल्यायो नयाँ योजना, ग्राहकलाई आर्कषक पुरस्कार

<p>काठमाडौं । प्रभु मनि ट्रान्सफरले &#8216;प्रभुसँग दशै, तिहार र छठको उमंग हर्षले सबैजना दंग&#8217; नामक नयाँ योजना ल्याएको छ । प्रभुले विगत बर्षहरु जस्तै यस बर्ष पनि हिन्दुहरुको महान चाड दशै, तिहार, र छठको उपलक्ष्यमा आफ्ना ग्राहकलाई लक्षित गरी उक्त उपहार योजना ल्याएको हो । यस योजना अन्तर्गत प्रभुले आफ्ना ग्राहकलाई लक्की ड्रबाट प्रथम पुरस्कार [&hellip;]</p>

काठमाडौं । प्रभु मनि ट्रान्सफरले ‘प्रभुसँग दशै, तिहार र छठको उमंग हर्षले सबैजना दंग’ नामक नयाँ योजना ल्याएको छ । प्रभुले विगत बर्षहरु जस्तै यस बर्ष पनि हिन्दुहरुको महान चाड दशै, तिहार, र छठको उपलक्ष्यमा आफ्ना ग्राहकलाई लक्षित गरी उक्त उपहार योजना ल्याएको हो ।

यस योजना अन्तर्गत प्रभुले आफ्ना ग्राहकलाई लक्की ड्रबाट प्रथम पुरस्कार एलइडी टिभी हरेक हप्ता एक जनालाई प्रदान गर्ने भएको छ । त्यस्तै, द्धितीय पुरस्कार प्रभु टिभी सेट टप बक्स हरेक दिन एक जनालाई प्रदान गरी साथमा एक महिनाको रिचार्ज प्रदान गरिने बताएको छ । साथै, तेश्रो पुरस्कार हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिने छ ।

त्यसका साथसाथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा-मुक्तिनाथ-पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने छ । यो योजना भदौ २५ गतेदेखि शुरु भई असोज १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

 

Share News