गण्डकी विकास बैंकको वीरगञ्ज र पोखराबाट कारोबार शुरु, थप तीन शाखा खोल्ने तयारी

<p>काठमाडौं । गण्डकी विकास बैकले पोखराको चाउथे र वीरगञ्ज शाखाबाट कारोबार शुरु गरेको छ । यी दुई शाखा सहित बैंकको ५३ वटा शाखा कार्यालय भएका छन् । बैकका सवै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । निकट भविश्यमा नै विर्तामोड, विराटनगर, [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैकले पोखराको चाउथे र वीरगञ्ज शाखाबाट कारोबार शुरु गरेको छ । यी दुई शाखा सहित बैंकको ५३ वटा शाखा कार्यालय भएका छन् ।

बैकका सवै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । निकट भविश्यमा नै विर्तामोड, विराटनगर, गोगंबु, र अमुवाबाट शाखा संचालन गर्ने तयारी भइरहेको छ ।

बैंकले आ.व. २०७३/७४ मा १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोही अवधिमा बैंकले संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गरेको छ ।

साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News