सिद्धार्थ बैंकको नयाँ शाखा जोरपाटी र कुलेश्वरमा

<p>काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा जोरपाटी र कुलेश्वरमा सञ्चालनमा ल्याएको छ । बिहीवार एक विशेष समारोहका बीच बैंकले यी दुई शाखा कार्यालयहरुकोे औपचारिक उद्घाटन गरेको हो । सो शाखाहरुकोे उद्घाटन बैंकका अध्यक्ष मनोजकुमार केडियाले गरेका थिए । बैंकको सो शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने छ । [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा जोरपाटी र कुलेश्वरमा सञ्चालनमा ल्याएको छ । बिहीवार एक विशेष समारोहका बीच बैंकले यी दुई शाखा कार्यालयहरुकोे औपचारिक उद्घाटन गरेको हो ।

सो शाखाहरुकोे उद्घाटन बैंकका अध्यक्ष मनोजकुमार केडियाले गरेका थिए । बैंकको सो शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने छ ।

यस शाखा समेत बैंकले देशभरि रहेका आफ्ना ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News