काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा संस्थाले मदानपुर, नुवाकोटमा बजार सरसफाई गरेर मनाएको छ । बजार सरसफाई कार्यक्रममा स्थानियबासिन्दाले सक्रियताका साथ सहभागिता जनाएका थिए ।
स्थापना भएको १ वर्षमा संस्थाले २३ जिल्लामा ३६ वटा शाखा कार्यालय मार्फत न्युन आय तथा विपन्न वर्गका महिलालाई विनाधितो कर्जा प्रदान गरेर उद्यमशिल बनाएको जानकारी दिएको छ ।
संस्थाले आधुनिक प्रणालीका माध्यमबाट सरल, सहज लघु वैकिङ्ग सेवा ग्रामिण, दुर्गम तथा पिछडिएको वर्गहरुको आर्थिक, सामाजिक उन्नतीमा टेवा पुर्याउन शाखा कार्यालय स्थापना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए ।