दशैँका लागि दुई हजार ५ सय खसीच्याङग्रा ल्याइँदै

<p>काठमाडाैं। नेपाल खाद्य संस्थानले दशैँका लागि करिब २ हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । उपभोक्तालाई लक्ष्य गरेर १ हजार ५०० खसी र १  हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार १ हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा १ हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ । खसीच्याङ्ग्रा संकलन [&hellip;]</p>

काठमाडाैं। नेपाल खाद्य संस्थानले दशैँका लागि करिब २ हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । उपभोक्तालाई लक्ष्य गरेर १ हजार ५०० खसी र १  हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार १ हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा १ हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ । खसीच्याङ्ग्रा संकलन गर्न सम्बन्धित अञ्चल कार्यालयलाई निर्देशन दिइसकेको छ । संकलित खसीच्याङ्ग्रा काठमाडौँ उपत्यकाको थापाथलीस्थित संस्थानको अंचल कार्यालयबाट घटनास्थापनापछि बिक्रीवितरण गरिने खनालले बताए।

यसैबीच शुक्रबारदेखि रामशाहपथस्थित नेशनल ट्रेडिङको कार्यालयमा सहुलियत पसल संचालन हुने भएको छ । यस वर्ष पनि संस्थान, नेशनल ट्रेडिङ, साल्ट टेडिङ  र दुग्ध विकास संस्थानले दशैँतिहारका लागि चाहिने उपभोग्य वस्तुका लागि सहुलियत पसल सञ्चालन गर्नेछन् ।

यस पटक दशैँदेखि छठसम्मका लागि काठमाडाै उपत्यकाका टेकु, महाराजगञ्ज, सातदोबाटो, थापाथली, कलंकी, कोटेश्वर र पुरानो बानेश्वर गरी आठ ठाउँमा सुपथ पसल संचालन गरिनेछ । रासस

Share News