नेपाल ग्रामीण विकास बैंकको एफपीओ भदौ २७ देखि, प्रतिकित्ता १०० रुपैयाँ मात्र

<p>काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको छ । सेयर निश्कासन असोज १० गतेसम्म बन्द हुने छ । सेयर निश्कासनपछि पुँजी ५५ करोड [&hellip;]</p>

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो ।

बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको छ । सेयर निश्कासन असोज १० गतेसम्म बन्द हुने छ ।

सेयर निश्कासनपछि पुँजी ५५ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । संस्थापकको ७० र सर्वसाधरणको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ ।

Share News