आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा, नुन, चिनी, चामल, पिठो, घिउ, पनिरमा छुट

<p>काठमाडौं । सरकारले आजदेखि दशैं, तिहार र छठ लक्षित गरेर उपभोक्ताका लागि उपत्यकामा सहुलियत सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शुक्रबारदेखि सञ्चालनमा आएको यी पसल छठसम्म चल्नेछन् । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्ति मन्त्रालयले जनाएको छ। आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि [&hellip;]</p>

काठमाडौं । सरकारले आजदेखि दशैं, तिहार र छठ लक्षित गरेर उपभोक्ताका लागि उपत्यकामा सहुलियत सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शुक्रबारदेखि सञ्चालनमा आएको यी पसल छठसम्म चल्नेछन् ।

साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्ति मन्त्रालयले जनाएको छ।

आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि विभिन्न संस्थानमार्फत सहलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीबितरण गर्न लागिएको आपूर्ति सचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार यसपाली खाद्य संस्थानले उपत्यकाका ११ स्थान तथा मूलुकभरका गोदामबाट सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेका छन् ।

साल्ट ट्रेडिङको उपत्यकाका ९ स्थान तीन वटा घुम्ति पसलबाट सेवा छ । साल्ट ट्रेडिङको उपत्यका बाहिर ३६ स्थानमा सहुलियत पसल रहेको मन्त्रालयले जानकारी दिएको छ ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ र चिनीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिएको मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । खाद्य संस्थानले बिक्री गर्ने बासमती चामल र फापरको पिठोमा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिएको उनले जानकारी दिइन् । मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ ।

सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिइएको छ । पसलमा दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिइएको छ ।आपूर्तिमन्त्री शिवकुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्ताे निर्णय गरेको थियो ।

खाद्य संस्थानले बिक्री गर्ने खसी बोका तथा च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँसम्म छुट दिने उनले बताइन् । संस्थानले पश्चिम नेपालबाट १ हजार ५ सय खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा गरेर २ हजार ५ सय साना चौपाया ल्याउने तयारी गरेको छ ।

प्रत्येक वर्ष संस्थानहरुले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उलपब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउने उनले बताइन् ।

आयल निगमले दसैं तिहारमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या नआउने जानकारी दिएको छ ।

Share News