काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि मासिक ३ वटा निशुल्क एटिएम कारोबारको नयाँ कार्ड योजना सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले सानिमाको भिसा डोमेस्टीक डेबिट कार्ड प्रयोग गर्दा नेपाल भरि सानिमा सहित अन्य करिब ७३६ एटिएममा निशुल्क कारोबार गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत करिब २० वटा बैंकका एटिएममा कारोबार निशुल्क हुनेछन् । ग्राहकहरुले यी बैंकका सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरुबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस योजनाले ग्राहकहरुलाई अझ बढी एटिएम कारोबारको पहुच पुरर्याउने बैंकको विश्वास छ ।