सोनीको ‘ब्राभिया ओएलईडी’ टिभी सार्वजनिक

<p>काठमाडौं । सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रालिले फोरके एचडीआर ओएलइडी टिभीलाई ‘ब्राभिया ओएलईडी’का रुपमा सार्वजनिक गरेको छ । यसमा एक्सवान एक्स्ट्रिम साउण्ड सिष्टम उपलब्ध रहेको छ । यस टिभीमा रहेको ८० लाख सेल्फ ईल्लुमिनेटिङ पिक्सेलले अभूतपूर्व कालो, प्राकृतिक रंग, धमिलो रहित तस्विर र वाइड भ्यूविङ एंगलको मज्जा प्रदान गर्ने कम्पनीले [&hellip;]</p>

काठमाडौं । सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रालिले फोरके एचडीआर ओएलइडी टिभीलाई ‘ब्राभिया ओएलईडी’का रुपमा सार्वजनिक गरेको छ । यसमा एक्सवान एक्स्ट्रिम साउण्ड सिष्टम उपलब्ध रहेको छ ।

यस टिभीमा रहेको ८० लाख सेल्फ ईल्लुमिनेटिङ पिक्सेलले अभूतपूर्व कालो, प्राकृतिक रंग, धमिलो रहित तस्विर र वाइड भ्यूविङ एंगलको मज्जा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । ब्राभिया ओएलइडीमा एकोस्टिक सर्फेस प्रविधिको सुविधा पनि उपलब्ध रहेको छ । यसले प्रयोगकर्तालाई स्क्रिनबाटै आवाज आइरहेको अनुभव दिनुका साथै दृष्य र आवाजको उत्कृष्ट समायोजनको मज्जाका लिन सघाउँछ ।

कम्पनीका अनुसार यी टिभीले पनि उपभोक्तालाई क्रिस्टल क्लियर गुणस्तर सहित दृष्यको मज्जा लिने अवसर प्रदान गर्छ । टिभीमा फोरके एचडीआर प्रोशेसर एक्सवानपनि उपलब्ध गरिएको छ । यसमा उपलब्ध अब्जेक्ट बेस्ड एचडीआर रिमास्टर र सुपर विट म्यापिङ फोरके एचडीआर प्रविधिले थप डेप्थ, टेक्चर र प्राकृतिक रंग सम्प्रेषण गर्ने कम्पनीले जानकारी दिएको छ । साथै, टिभीमा रहेको एक्स–टेन्डेड डायनामिक रेञ्ज प्रोले एचडीआर र नन् एचडीआर कन्टेण्टलाई ब्याकलाइट धमिल्याएर टीभीको हरेक कोणमा उत्कृष्ट दृष्य सम्प्रेषणमा सघाउँछ ।

कम्पनीद्धारा प्रदर्शित २०१७ लाइनअपमा ट्रिल्युमिनोस डिस्प्लेको माध्यमबाट जीवन्त रंगको सटिक सम्प्रेषणका लागि डिजाइन गरिएका छन् । साथै, यी टिभीमा एक्स-रियालिटी प्रो सुविधापनि उपलब्ध गरिएको छ । टिभी ब्रोडकास्ट, डीभीडी, ब्ल्यू–रे डिस्क, ईन्टरनेट भिडियो तथा डिजिटल फोटोलाई जिवन्तता प्रदान गर्न यिनमा सोनीको पृथक अल्गोरिदम डाटाबेसको प्रयोग गरिएको छ । एण्ड्रोइड टिभीले चलचित्र, संगित, तस्विर, गेम्स, सर्च, एप्स लगायतको संसार नियाल्न प्रयोगकर्तालाई सघाउँछ ।

त्यसैगरी, एक्स्ट्रा प्रोटेक्सन सिरिजमा डायनामिक कन्ट्रास्ट ईन्ह्यान्सरका साथै क्लियर रिजोल्यूशन ईन्हेन्सरको समेत प्रयोग गरिएको छ । साथै, ब्राभियाका टीभीलाई धुलो, चट्याङ, विद्युतिय झट्का तथा आद्र्रताबाट समेत सुरक्षा प्रदान गर्छ । ब्राभियाका टिभीमा रहेका पृथक ईमेज प्रोशेसर र डिस्प्ले डिभाइस प्रविधिले फोरके एचडीआर कन्टेण्टको उत्कृष्ट उपयोग गर्ने कम्पनीको दावी छ ।

Share News