काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्ना तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले कास्कीको लामाचौरमा, काठमाडौंको नारायणटारमा र कात्यायनीमा गरी ३ स्थानमा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।
उक्त शाखा कार्यालयहरु मध्ये कात्यायनी शाखा, काठमाडौ र लामाचौर शाखा, पोखराको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले गरेका हुन् । साथै, नारायणटार शाखा कार्यालयको उद्घाटन संचालक अशोकराज पाण्डले गरेका हुन् । त्यस क्षेत्रमा रहेका जनतामा सरल, सहज बैकिङ्ग पहुचको उद्देश्यले उक्त शाखाहरुलाई सञ्चालनमा ल्याइएको हो ।
बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण रपरिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५४ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।