डिशहोमले ल्यायो ‘खुसी अन गरौं’ नामक योजना, ग्राहकलाई तीन हजार रुपैयाँ छुट

<p>काठमाडौं । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिशहोमले दशैं तथा तिहारको अवसरमा उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले ५ हजार ९९९ रुपैयाँ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा ३००० रुपैयाँ छुट प्राप्त गरी २ हजार ९९९ रुपैयाँमै जोड्न सक्नेछन् । डिशहोमले हाल बजारमा बिक्री गरिरहेको [&hellip;]</p>

काठमाडौं । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिशहोमले दशैं तथा तिहारको अवसरमा उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले ५ हजार ९९९ रुपैयाँ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा ३००० रुपैयाँ छुट प्राप्त गरी २ हजार ९९९ रुपैयाँमै जोड्न सक्नेछन् । डिशहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एचडी सेट टप बक्समा भारी छुट प्रदान गरेको हो ।

कम्पनीका महाप्रवन्धक  कल्याण अधिकारीले भने “सर्वसुलभ मूल्यमा यति गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित हुनुहुन्छ । नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय हो ।”

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटीएच सेवा प्रदायक डिशहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी प्याकेजहरु प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । डिशहोमको सेवा सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी र दृश्य दुबै गुणस्तरीय हुन्छन् । डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ ।

Share News