कमलपोखरीको सिटी सेन्टर बन्द, व्यापारी र व्यवस्थापनबीच बिबाद

<p>काठमाडौं । राजधानीको चर्चित मल सिटी सेन्टर बन्द भएको छ । कमलपोखरीमा रहेको उक्त मल व्यापारी र व्यवस्थापन बिच भाडामा बिबाद हुँदा बन्द भएको हो । बिना सुचना र एग्रिमेन्टको बेवास्ता गर्दै मल व्यवस्थापनले १० प्रतिशत भाडा बृद्धि गरेपछि बिबाद सुरु भएको हो । मलका व्यापारीले बढेको भाडा तिर्न नस्कने बताएपछि व्यबस्थापनले बत्तीको लाईन काटिदिएको [&hellip;]</p>

काठमाडौं । राजधानीको चर्चित मल सिटी सेन्टर बन्द भएको छ । कमलपोखरीमा रहेको उक्त मल व्यापारी र व्यवस्थापन बिच भाडामा बिबाद हुँदा बन्द भएको हो ।

बिना सुचना र एग्रिमेन्टको बेवास्ता गर्दै मल व्यवस्थापनले १० प्रतिशत भाडा बृद्धि गरेपछि बिबाद सुरु भएको हो ।

मलका व्यापारीले बढेको भाडा तिर्न नस्कने बताएपछि व्यबस्थापनले बत्तीको लाईन काटिदिएको एक व्यापारीले बताए । व्यापारीका अनुसार बढेको भाडा हामी दशै पछिबाट तिर्न तयार छौ, भन्दा पनि व्यवस्थापनले गुण्डागर्दी शैली अपनाएको आरोप व्यापारीको छ ।

व्यवस्थापन र व्यापारीको बिबादका कारण सिटी मलका हजारौं ग्राहक भने मारमा परेका छन् ।

Share News