काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल वनस्पति घ्यू तथा तेल उद्योग लिमिटेडलाई जग्गा खाली गर्न अल्टिमेटम दिएको छ ।

नेपालको पहिलो उद्योगले विगतमा भारत र चीनमा घ्यू तथा तेल निर्यात गर्थ्यो । तर आर्थिक संकट, व्यवस्थापकिय कमजोरी तथा कमजोर मापदण्डका कारण बन्द भएको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए । बन्द उद्योगलाई पुन सञ्चालनमा ल्याउने विषयमा छलफल चलिरहेको उनले जानकारी दिए । उनले भने, ‘यो उद्योगले गूणस्तरमा कहिले सम्झौता गरेको थिएन । आज निर्यात व्यवसायमा ठुलो महत्व बोकेको उद्योग बन्द छ । यसलाई चलाउन सरकार नै उदासिन देखिएको छ ।’
लिज सम्झौता नविकरण नगरी सरकारी जग्गा अनिर्णयको बन्दक बनाएको भन्दै औद्योगिक क्षेत्रले उद्योगलाई ३५ दिनभित्र खाली नगरे सम्पूर्ण सम्पती जफत गर्न निर्देशन दिएको हो ।
उद्योगलाई पटक पटक लिज सम्झौता नविकरण गर्न आग्रह गर्दापनि निर्णय नगरेको व्यवस्थापन कार्यालयले बताएको छ । यसरी अनिर्णयको बन्दक रहँदा जमिनको उत्पादकत्व ह्रासोन्मुख बनाएको कार्यालयले जनाएको छ ।
२०५३ सालमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्यगिक क्षेत्रभित्र रहेका ६९.७३ रोपनी जग्गा उद्योग प्रयोजन र ५९ सालमा ९.२३ रोपनी जग्गा आवास प्रयोजनका लागि वनस्पति घ्यू तथा तेल उद्योगलाई लिजमा दिएको थियो । २० वर्षमो लिज अवधी पुरा गरेको उद्योग ६४ सालदेखि बन्द अवस्थामा रहेको छ । २०७२ सालमा कार्यालयलाई उद्योग सञ्चालनका लागि ३५ दिने अल्टिमेटम दिएको थियो । तर तीन वर्ष बितिसक्दा पनि उद्योग सञ्चालनमा नआएको र नविकरण पनि नभएपछि कार्यालयले जफत गर्ने निर्णय गरेको छ ।