लेखापरीक्षण नगरेका संस्थानमा धमाधम लेखापरीक्षण, कार्यलले खटायो कर्मचारी

<p>काठमाडौं । महालेखा परीक्षकको कार्यलयले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ । लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा लेखापरीक्षणको काम सुरु भएको कार्यलयले जानकारी दिएको छ । भदौभित्र लेखापरीक्षण नगर्ने सार्वजनिक संस्थानलाई कार्वाही गर्ने बताएको परीक्षकको कार्यलयले लेखापरीक्षण गर्न कर्मचारी खटाएको हो । लामो समयदेखि लेखापरीक्षण नभएको गुठी संस्थानको [&hellip;]</p>

काठमाडौं । महालेखा परीक्षकको कार्यलयले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ ।

लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा लेखापरीक्षणको काम सुरु भएको कार्यलयले जानकारी दिएको छ । भदौभित्र लेखापरीक्षण नगर्ने सार्वजनिक संस्थानलाई कार्वाही गर्ने बताएको परीक्षकको कार्यलयले लेखापरीक्षण गर्न कर्मचारी खटाएको हो ।

लामो समयदेखि लेखापरीक्षण नभएको गुठी संस्थानको हाल लेखा परीक्षण भइरहेको कार्यलयले जनाएको छ । गुठीमा आर्थिक वर्ष ०५१/०६२ देखि ०६९/०७० सालसम्मको लेखापरीक्षण सम्पन्न भइ पुर्ण विवरण आउन बाँकी रहेको कार्यलयले जनाएको छ ।

यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भई त्यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त भएको महालेखाका निर्देशक तथा सहायक प्रवत्ता अशोककुमार कार्कीले बताए । उनका अनुसार राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पनि आव ०६९/७० पछिको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरी चाँडै काम सम्पन्न गर्ने कार्ययोजना कार्यलयमा बुझाएको छ ।

पर्यटन बोर्डमा पनि ०७०÷०७१ सालदेखिको लेखापरीक्षण गर्न महालेखाबाट टोली खटिएको छ । यसैगरी खानेपानी संस्थान र नेपाल नागरिक उडड्न प्राधिकरणको पनि लेखापरीक्षण सुरु भएको छ ।

नेपाल खाद्य संस्थान र जनक शिक्षा तथा सामाग्री केन्द्र लिमिटेडको पनि लेखापरीक्षण गर्न भनेको छ । उदयपुर सिमेन्ट उद्योगमा ५ वर्षदेखि लेखापरीक्षण भएको छैन् ।

नेपाल विद्युत् प्राधिकरण, नागरिक लगानी कोष, नेपाल औषधी लिमिटेड, राष्ट्रिय आवास कम्पनी लिमिटेड र साँस्कृतिक संस्थानको आव ०७२/०७३ को लेखापरीक्षण भई प्रारम्भीक प्रतिवेदनको प्रतिउत्तर पाउन बाँकी छ ।

गोरखापत्र संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको ०७१/०७२ देखिको वित्तीय विरण आउन बाँकी छ । नेपाल रेल्वे कम्पनीको १ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र बन्द जनकपुर चुरोट कारखानाको पनि लेखापरीक्षण गर्न बाँकी रहेको कार्यलयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा लामो समयदेखि लेखापरीक्षण नभएपछि कार्यलयले हाल कर्मचारी खटाएको छ । यस्तै खारेजीमा गएका सुर्ति विकास कम्पनी, हेटौडा कपडा उद्योग, कृषि औजार कारखाना र नेसनल कन्ट्रक्सन कम्पनीको ४ वर्षदेखि लेखापरीक्षण हुन बाँकी छ ।

 

Share News