आरम्भ माइक्रोफाइनान्सले आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव पेश हुदै

<p>काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको कात्तिक १८ गते हुने तेस्रो वार्षिक साधारणसभा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । यस्तै संस्थाले कार्यक्षेत्र विस्तारका [&hellip;]</p>

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थाले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

संस्थाको कात्तिक १८ गते हुने तेस्रो वार्षिक साधारणसभा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ ।

यस्तै संस्थाले कार्यक्षेत्र विस्तारका लागि जिल्ला थप गर्ने प्रस्ताव सभामा पेश हुने जानकारी दिएको छ । संस्थाको कार्यलय काभ्रेको वनेपामा छ ।

Share News