एनबीआई र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता

<p>काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र एनएमबि बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबरको रकम आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि [&hellip;]</p>

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र एनएमबि बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबरको रकम आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

 

Share News