सिटिजन्स बैंकको ६३औं शाखा बर्दियाको बढैयातालमा

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखरमा संचालनमा ल्याएको छ । सोेमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाबाट बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखरमा संचालनमा ल्याएको छ । सोेमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाबाट बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बढैयाताल गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । उक्त शाखाका इन्चार्ज दिनेश कुमार ढुंगानाले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताए ।

बैंकले हाल ६३ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News