सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई कात्तिक १ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई कात्तिक १ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।

Share News