एभरेष्ट बैंकको रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २३औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बैंकले नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । बैंकले आफ्नो मुख्य शाखा सहित विभिन्न शाखाहरुमा वार्षिकोत्सव मनाएको हो । बैंकले हाल [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २३औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा बैंकले नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । बैंकले आफ्नो मुख्य शाखा सहित विभिन्न शाखाहरुमा वार्षिकोत्सव मनाएको हो ।

बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News